<

 

सागर संगम ठाकुर,रौतहट ,जेठ २४ गते

रौतहटको धरहरीमा देवाही गाेनाहीका नगर प्रमुख प्रेमलाल साहले सडक ढलानको शिलान्यास गरेका छन् । देवाही गोनाही नगरपालिकाको वडा नं.९ धरहरीमा नगर प्रमुख साहले सडक ढलानलाई बुधबार शिलान्यास गर्नु भएको हो । मधेश प्रदेश सरकारको कुल बजेट २५ लाखको लागतमा हुने ढलान कार्यको नगर प्रमुख साहले बिधिपुर्वक शिलान्यास गर्नु भयो ।

वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख प्रेमलाल साहले धरहरी देखि दिपही जाने सडकको करिब २ सय १० मिटर ढलान कार्य हुने नगर प्रमुख साहले बताए । वडा अध्यक्ष वीर बहादुर साहका अनुसार सो सडको ढलान कार्य असारको २० गते भित्र संम्पन हुने गरि सुरु गरिएको बताउनु भयो ।

लामो समयदेखि यो सडकलाई ढलान गर्ने नगर प्रमुख साह र आफनो चाहना आज पुरा भएको वडा अध्यक्ष साहले बताए । नगर प्रमुख साहले यो सडक खण्डले गाउँ र स्कुललाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा बिधार्थी र किसान दुवैलाई फाइदा हुँने बताए । साथै नगर प्रमुख साहले छिटै गाउँका सडकहरु पनि ढलान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0