<

 

आरके श्रीवास्तव,राैतहट,जेठ २१ गते

राैतहटको कटहरिया नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ । प्रत्येक वडामा धान बिउ खरिद गरी कृषकलाई बीउ वितरण गर्न लागेको हाे । सरकारी फार्म बाट खरिद गरि शत प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयाे ।

प्रत्येक वडामा २१ क्विन्टलका दरले धान बीउ वितरण गर्न लागिएको उनले बताए । कटहरिया नगरपालिकाकाे प्रत्येक वडामा विभिन्न जातका धान बिउ हर्दिनाथ ६, चैते ५, हर्दि नाथ हाई ब्रिड, सोना मंसुली १, मकवानपुर ,सावित्री नामकको धान वितरण गरिने अधिकृत साहले जानकारी गराए ।

यता कटहरियाका मेयर अजय प्रकाश जयसवालले आजै देखि प्रत्येक वडामा घानको बीउ पठाउने काम भएकाे बताएका छन् । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख जयसवालकाे भनाइ छ ।

कटहरिया नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ परवानीपुर लगायतका ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0