<

 

राैतहट,गते २१ जेठ

रौतहट जिल्लाको रामपुरखाप,नरकटिया र जयनगर मठिया औरैया नाका हुँदै व्यापक रूपमा तस्करी भइरहेको छ।

जिल्लाको दक्षिण भेगमा पर्ने भारतसँग जोडिएकाे बन्जरहा नाका भारतको चयनपुर, घोडासहन,छौडादानाे, बौरगनिया,नेपालको बेलबिछवा गौर,महादेवपट्टी हुँदै राजेश्व छलि लत्ताकपडा,स्पेयरपार्ट,हार्डवेयर विभिन्न खाले किराना सामग्री र तयारी कुखुरा तथा कुखुराको चल्ला नामचीन तस्करहरुले प्रहरी प्रशासनलाई मोटो रकम दिई बिना रोकटोक तस्करी गर्ने गरेको बुझिएको छ ।

जिल्लाको विभिन्न बजार मौलापुर,विजयपुर, कटहरिया,शिवनगर, गरुडा,चपुर बजार सम्म पुर्याउने गर्ने गरेको जिल्ला भन्सार कार्यालय गौरका एक जना कर्मचारीको भनाइ छ। जसकारण लक्ष्यानुसारको राजस्वमा कमि भएको भन्सार कर्मचारीले बताएकाे आदर्श वाणीमा खबर उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0