<
आरके श्रीवास्तव,राैतहट,११ गते भदौ ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा रहेकाे एक प्राथमिक बिधालयकाे आज बिधालय व्यवस्थापन समिति चयन भएको छ । साे वडामा रहेको श्री आधारभूत बिधालय लक्ष्मीनिया दाे.राँगीमा बिधालयमा ३ वर्षकाे लागि नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ चयन भएको विव्यसकाे अध्यक्षमा सितराम चाैधरीलाई चयन गरिएको छ । साे समितिकाे सदस्यहरूमा डम्बर बहादुर रखाल,मन्जु श्रेष्ठ र साेविता देवी महताेलाई सर्वसम्मत रूपमा चयन गरिएको प्रधानाध्यापक विजय कुमार कुशवाहाले जानकारी गराएका हुन् । पूर्व निर्धारित सूचना अनुसार बिधालयका आयव्यय प्रस्तुत गर्न र नयाँ बिधालय व्यवस्थापन समिति चयन गर्न अभिभावक भेला बाेलाईएकाे थियाे । साथै साे भेलाबाट बिधालयका पूर्व प्रधानाध्यापक रामईश्वर गाेसाईलाई विदाई पनि गरिएको थियाे । साे भेलामा अभिभावकहरूले बिधालयकाे बारेमा आ-आफनाे गुणासाे र धारणा प्रस्तुत गरेका थिए भने त्यसकाे जवाफ प्रधानाध्यापक कुशवाहाले दिनु भएको थियाे । कुशवाहाले बिधालयकाे प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेसँगै बिधालयमा बिधार्थीकाे चाप बढेकाे र बिधालयकाे अवस्था सुधार भएको भन्दै अभिभावकहरूले प्रशंसा गरेका थिए । साे अवसरमा निवर्तमान अध्यक्ष कुमार सिवाकोटी,श्री जनता आधारभूतका प्रअ खुशि अख्तर देवान,शिक्षाप्रेमी जिवनाथ सिवाकोटी,संताेष रखाल,यूवा नेता विजय चाैधरी लगायतका अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरू, बुद्धिजीवी, भद्रभलादमी,पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1