<

काठमाडौँ । अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा मोडल सनिशा भट्टराई भित्रिएकी छन् । उनीसँग यसै साता निर्माताले कागजी सम्झौता गरेका हुन् । सनिशासँगै अर्की अभिनेत्री नीति शाहको शिर्ष भूमिका हुने भएको छ ।

सनिशाको यो दोस्रो फिल्म हुनेछ । उनले विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन्, जुन दशैंको फूलपातीमा रिलिज हुँदैछ । म्यूजिक भिडियोमा आफूलाई स्थापित गरेकी सनिशाले फिल्म उद्योगमा छलाङ मारेकी छन् ।

‘नरसिंहा अवतार’को निर्देशन दीवाकर भट्टराईले गर्नेछन् । उनले यसअघि ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘मायावी’, ‘स्टुपिड मन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहने जनाइएको छ । आगामी भदौबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0