<
राैतहट/ साउन २७ गते।
रौतहट /चन्द्र बिन्दु विकास नेपालको तेस्रो साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
चन्द्र बिन्दु विकास नेपाल चन्द्रपुर नगरपालिका–१० ले शनिबारका दिन चन्द्रपुर स्थित अशोका होटलको सभाहलमा एक कार्यक्रमका बिच सो साधारणसभा सम्पन्न गरेको हो। सो संस्थाका अध्यक्ष रामकिशोर साहको अध्यक्षता तथा आर.डि.सि. ओक्सफाम नेपालका दाता विवेक कार्कीको प्रमुख आथित्यतामा सम्पन्न सो साधारणसभामा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन समेत संस्थाका कार्यकारिणी निर्देशक सुनिल पासवानले प्रस्तुत गरेका थिए र संस्थाका आय-व्याय चन्द्र विन्दु नेपालका कोषाध्यक्ष जयराम राउतले प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै, आर.डि.सि. ओक्सफाम नेपालका दाता विवेक कार्की, समाजमा घटी रहेको विभिन्न प्रकारका घट्नाहरुलाई न्युनिकरण गर्नका निम्ति,विभिन्न प्रकारका चनचेतना मुलक नाटक प्रदर्शन गरि समाजमा छुटै नाम कमाउन सफल चन्द्र बिन्दु बिकास नेपालले हाम्रो समाजका लागि सराहनीय कार्य गरिरहेकले स्थानीय तहहरु संग संस्थालाई थप सहयोग गरिदिनका लागि उनले आग्रह गरे।
कार्कीले चन्द्र विन्दु नेपालद्धारा आयोजित तेस्रो साधरणसभा तथा अधिवेशन बाट सम्पूर्ण पदाधिकारीहरु यथावतै ठाउँमा रहनेगरी पुनः चयन भएकोमा,अगामी दिनमा पनि संस्थाको यस्तै प्रगती होस् र हाम्रो समुदायलाई अन्धकारबाट उज्यालो तर्फ ल्इजानका निम्ति संस्थाले यस्तै सकारात्मक भुमिका खेलि रहोस् भन्ने कामनाका साथ पुनः चयन भएका नव निर्वाचित पदाधिकारिहरुलाई शुभकामना दिदै उनले संस्थाको उन्नति प्रगतिकोलागि कामना समेत गर्नुभयो।
कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष टंकेशवर चौधरीले आफु निर्वाचित भएको ठाउँमा दिनप्रतिदिन फैलिरहेको विभिन्न प्रकारका विकृतिहरुको न्युनिकरण तथा सुधारका लागि जनचेतना मुलक कार्यक्रमहरु संचालन गरि,संस्थाले सकारात्मक भुमिका खेलिरहेकोले संस्थाको संरक्षणका निम्ति आफुले आगामी दिनमा पनि सक्दो धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिबद्ध जाहेर गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य चन्द्र विन्दु विकास नेपालकी सचिव माल्ति चौधरीले राखेकि थिइन भने सो कार्यक्रमका विशिष्ट अतिथि मा वर्डल्ड भिजनका प्रमुख सन्तोष पहाडि,चन्द्रपुर न.पा.वार्ड १० का अध्यक्ष श्री टंकेश्वर चौधरी र वृन्दावन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,
अथितिमा ए.डि.बि.का प्रतिनिधि लिखिराम चौधरी,सुर्य बहादुर थापा,बच्चु साह कानु,समुदाय दलित विकास केन्द्रका अध्यक्ष सुब्बासाहेब हजारी,हरुवा चरुवा अधिकार मन्च रौतहटका पुर्व अधयक्ष बिगनेश पासवान लगायत सो संस्थाका सम्पुर्ण पदाधिकारीहरुको साथै पत्रकार तथा विभिन्न विशेष व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1