<

रौतहट, असार ३० गते । रौतहटको देवाही नगरपालिकामा नव निर्मित राधाकृष्ण मन्दिरमा हुने प्राण-प्रतिष्ठाको बिशाल कलश यात्रा निकालिएको छ । देवाही नगरपालिका-९ धरहरीमा रहेको राधाकृष्ण मन्दिरको प्राङगढबाट करिब २५१ कुमारी कन्या द्रारा बाजागाजासहित निकालिएको साे कलश यात्रा गरुडा नगरपालिकाकाे पाेठियाही हुदै शिवनगर स्थित चान्दी खोलामा जलभरेर मन्दिरमा स्थापित गरिएकाे मन्दिरका पुजारी रामनाथ राय यादवले बताए ।

हिन्दुहरुको अस्थाकाे केन्द्र राधाकृष्ण मन्दिरमा भगवान श्री कृष्णा र राधाकाे मुर्तिलाई प्राण-प्रतिष्ठा गर्न कलश यात्रा निकालिएकाे मन्दिर समितिले जनाएको छ । मन्दिरमा प्राण-प्रतिष्ठा भएपछि प्रतिमाको रुपमा रहेको भगवान श्री राधाकृष्णकाे पुजाआजा गर्ने पुजारी यादवले बताएका छन । असार ३० गते शुरु भएको यज्ञमा पहिलो दिन कलश यात्रा दाेस्राे दिन असार ३१ गते प्राण-प्रतिष्ठा र तेस्रो दिन श्रावण १ गते भणडारा तथा यज्ञ पुर्णाहुति गरिने पुजा समितिले जनाएको छ ।२०६४ साल मंसिर १६ गते स्थापना भएको साे मन्दिर आर्थिक अभावका कारण अधुरो रहेको थियोे ।No description available.

लामो समयदेखि अधुरो रहेको मन्दिरलाई देवाही गाेनाही नगरपालिका वडा नम्बर ३”का वडा अध्यक्ष संजय पटेलकाे सहयाेगबाट सम्पन भएको छ । करिब १७ वर्ष देखि अधुरो मन्दिरलाई स्थानीय रामनाथ यादवले आफ्नो दुई कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए ।धार्मिक आस्थाकाे रुपमा रहेको राधा कृष्ण मंदिरलाई स्थानीय स्तरबाट चन्दा संकलन गरि छत ढलान सम्म पुर्याएका थिए ।त्यसपछि स्थानीय तहकाे स्थापना भएपछि वडामा निर्वाचित तत्कालीन वडा अध्यक्ष राजेश साहले २०७८ सालमा वडा स्तरीय याेजनाबाट २ लाख रुपैयाँ छुट्टयाई अधुरो मन्दिरको छत ढलान कार्य सम्पन गराएका थिए ।

तरपनि मन्दिर अधुराे नै रहे २०७८ देखि नै पलास्टर र रंग राेधन बिना अधुरो मन्दिरमा यता आएर वडा अध्यक्ष पटेलले आफ्नो निजी खल्तीबाट ३ लाख रुपैया सहयोग गरि अधुरो मन्दिरको निर्माणकार्य संम्पन गराएपछि प्राण-प्रतिष्ठा हुन लागिएको पुजा समितिले जानकारी दए । मन्दिरमा स्थापना हुन लागिएकाे मर्तीकाे सम्पूर्ण खर्च स्थानिय जाेहन राय यादवले दिएको मन्दिरका पुजारी यादवले बताए ।No description available.

पुजारी यादवले याे भन्दा पहिलापनि ठाउँ ठाउँमा पिपलकाे रुख राेपेर समाजमा आफ्नो नाम स्थापित गरि चर्चा कमाएको छ ।कलश यात्रामा देवाही गाेनाही नगरपालिकाका मेयर प्रेमलाल साह वडा अध्यक्ष वीर बहादुर साह,पुर्व वडा अध्यक्ष राजेश साह युवा नेता नन्दकिशोर यादव विवेक यादव,नागेन्द्र यादव,पनिलाल यादव,रामनरेश ठाकुर स्थानीय भद्रभलादमी बुद्धिजीवी ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका सुरक्षाकर्मी पत्रकार लगाएत महिला तथा पुरुष गरि करिब पाँच सयकाे संख्यामा स्थानीयहरुकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0