<

राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । Open photoरौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो ।Open photo आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् । कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् । Open photoउनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ । Open photoबिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । Open photoकार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।Open photo उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो । Open photoयस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0