<

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-९ बस्ने १७  वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् ।

ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति  उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई ती किशोर र रोशनले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0