मधेश ब्यूरो,२१ गते असार ।
रौतहटमा एक बिधार्थी एक विरुवा अभियान सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा रहेको श्री जय किसान माध्यमिक बिधालयमा आज सो अभियानको थालनी गरिएको छ । बिधालयको वार्षिक क्यालेण्डरमा उल्लेख भएको कार्यक्रम अनुुसार नै वृक्षारोपण गरिएको हो । जलवायुु परिवर्तनले वातावरणमा परिरहेको असरलाइ मध्य नजर गरि उक्त अभियान चलाइएको सो बिधालयका प्रधानाध्यापक संजय प्रसादले जानकारी गराएका हुुन् । बिधालयलाइ हराभरा बनाउने उदेश्यले पनि यो अभियान हामीले सुरु गरेका छौं । यसलाइ हामी अझै निरन्तरता दिनेछौं । शुुक्रवार सुुरु गरिएको एक बिधार्थी एक विरुवा अभियान अन्तर्गत विभिन्न प्रजातीका फूल र विरुवाहरु रोपिएको उनले बताएका हुन् । बिधालयको वार्षिक कार्यक्रम अनुसार एक बिधार्लीले एक विरुवा रोपेका हुन् । उक्त विद्यालय परिसरमा २ सय भन्दा बढी बिरुवा रोपिएको हो । प्रधानाध्यापक संजय प्रसादका अनुसार आँप,लिची,फूल,अशोक,पिपल लगायतका विरुवा रोपिएको हो । विद्यालयमा एक कार्यक्रम बिच एक विद्यार्थी एक बिरुवा प्रत्येक कार्यक्रमका लागि बिधार्थीहरुले आफनो घरबाट एक विरुवा ल्याइ रोपेका हुन् । विद्यालयले बिरुवा संरक्षणको जिम्मा आफैं लिएको शिक्षक गोपाल दासले जानकारी गराएका हुुन् । वृक्षारोपणको अवसरमा बिधालयका शिक्षक,शिक्षिका,बिधार्थी लगायतका व्यक्तीहरु सहभागी रहेका थिए ।