<

काठमाडौं, ११ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

 

जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0