<

पर्सा । वीरगंज महानगरपालिका-१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे संचालक सोही  महानगरपालिका-१० बस्ने २४ वर्षीय रोसन मेहता समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६ सय ५५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0