<

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।

बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए ।

उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए ।

उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमाल चन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुङ्गानासँग छलफल भएको बताए ।

समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडी बढिरहेको छ । यस अघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडी बढेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0