<

राैतहट,०४ गते असार । कम भोल्टेजको समस्या भोगिरहेका कनकपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ ।Open photo चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् । रौतहटको गुजरा नगरपालिका ३ कनकपुरका नेपाली काँग्रेसका स्थानीय युवा नेता साबिर हुसेनको निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो ।Open photo युवा नेता हुसेनले वडा कार्यालय, नगरपालिका कार्यालय, विद्युत प्राधिकरणसहित सरोकारबाल हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् ।नकपुरबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए ।Open photo कनकपुर बजारमा मंगलवार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको शेख जफिर आलममे बताएका छन् । आलम भन्छन् – युवा नेता हुसेनले दिन रात पहल गरेर बजारमा नयाँ ट्रान्सफर्मर जडान गराएपछि हाम्रो घरमा खुसी फर्किएको छ ।Open photo सबै कानुनी प्रक्रिया पूरा गरेर विद्युत कार्यालय निवेदन दिएको भए पनि प्राधिकरणले नसुनेपछि हुसेनको नेतृत्वमा गएको युवाहरुको टोलीले नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको थियो । केन्द्रका प्रमुख धिरेन्द्र यादवले ज्ञापनपत्र बुझ्दै एक हप्तामा ट्रान्सफर्मर जडान गरिने प्रतिबद्धता जनाएका थिए । केन्द्र प्रमुख यादवको प्रतिबद्धताअनुसार एक हप्ता नबित्दै मंगलवार ट्रान्सफर्मर जडान भएको छ ।Open photo गत विहीवार प्राधिकरणको प्राविधिक टोलीसमेत कनकपुरमा पुगेर स्थलगत निरीक्षण गरी स्थानीयबासीसित छलफल गर्दा वडाध्यष झमकप्रसाद चौलागाईँसमेतले यथाशीघ्र नयाँ ट्रान्सफर्मरको लागि अनुरोध गरेका थिए ।आफ्नो अथक प्रयासले ट्रान्सफर्मर जडान भएकोमा क

Open photo

नकपुरबासीसँगै आफूलाई पनि अपार खुसी लागेको युवा नेता आलम बताउँछन् ।Open photo ट्रान्सफर्मर जडान भएपछि स्थानीय शेख अबु होरैर, बिरिन्ची ठाकुर, नासिर हुसैन, मोहम्मद आलम लगायतका स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।Open photo पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नको लागि सजिलो भएको बिरिन्ची ठाकुरको भनाइ छ । Open photoठाकुरले युवा नेता आलमलाई धन्यवाद दिँदै भने – अन्य मानिसलाई आफ्नो कामको मात्र चिन्ता रहेकोमा आलमले धेरै परिश्रम गरेर गाउँमा विद्युतको समस्या समाधान गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0