<

काठमाडौँ । भारतबाट भागेर लन्डनमा बसिरहेका विजय माल्या अहिले फेरी चर्चामा रहेका छन् । यस पटक उनको चर्चा भने कारोबारको कारण नभएर उनको छोराको कारणले हो ।  उनका छोरा सिद्धार्थ माल्या विअवाहिक बन्धनमा बाधिन लागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

सिद्धार्थले लामो समयदेखिकी प्रेमिका जास्मिनसँग विवाद गर्न लागेको जानकारी दिएका छन् । सिद्धार्थको विवाह यसै साता हुने बताइएको भएपनि स्थान र समय भने खुलाइएको छैन ।  रिपोर्टका अनुसार विवाह लन्डनमा हुने बताइएको छ ।

सिद्धार्थले यस अघि २०२३ को नोभेम्बरमा जस्मिनसँग इन्गेजमेन्टको घोषणा गरेका थिए । लस एन्जल्समा जन्मिएका सिद्धार्थ लन्डन र युएईमा हुर्किएका थिए । सिद्धार्थले लन्डनको वेलिंगटन कलेज र क्विन मेरी युनिभर्सिटीबाट अध्ययन गरेका छन् भने रोयल सेन्ट्रल स्कुल अफ स्पीच एण्ड ड्रामाबाट अभिनय सम्बन्धि पढाई गरेका छन् ।

सिद्धार्थको एक समय बलिवुड अभिनेत्री दीपिका पादुकोणसँग अफ्येर्स रहेको चर्चा थियो ।  २०११ को आइपिएलमा सिद्धार्थले दीपिकालाई सार्बजनिक रुपमा किस गरेको  तस्बीर निकै चर्चित भएको थियो ।  तर छोटो सम्बन्ध पछि उनीहरु अलग भएको बताइएको थियो ।

भारतको चर्चित युबी समुहका चेयरम्यान तथा आइपिएल टिम आरसिबीका मालिक रहेका विजय माल्या भारतमा बैंकबाट लिएको ऋण नतिरेको आरोप लागेपछि लन्डन बसेका छन् । उनलाई भारत ल्याउन बह्र्ट सरकारले कानुनी लडाई लडिरहेको भएपनि अहिलेसम्म सफल हुन सकेको छैन ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0