<

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0