<

सुर्खेत । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदीमा बेपत्ता भएका थिए ।

आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जना गोताखोरले दुवै शव ३० फिट गहिराईबाट निकालेको हो ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0