<

रौतहट,३० जेठ गते ।

रौतहटको फतुुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेको श्री आधारभूत बिधालय मेवा नमूनाको रुपमा स्थापित होस् भन्ने आफनो चाहना रहेको प्रधानाध्यापक रामजन्म महतो कहारले बताएका छन् । बिधालयकमा नयाँ प्रधानाध्यापकको रुपमा जिम्मेवारी पाएपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्र्दै उनले यस्तो बताएका हुन् । उनले भने,यो बिधालय राम्रो बिधालय बनोस् भन्ने आफनो उदेश्य रहेको बताए । आफूले उदेश्य अनुरुप नै अगाडी बढने बताए । प्रअको जिम्मेवारी भएपनि आफूले ७ घण्टी सम्म कक्षा लिने गरेको उनको भनाइ छ । जसकारण यस शैक्षिक सत्रको नयाँ भर्ना अभियानमा १ सय ५० जना भन्दा बढी बिधार्थी भर्ना भएको जनाए । करिब ५ सय भन्दा बढी बिधार्थी रहेको उक्त बिधालयमा छिमेकी जिल्ला बाराका बिधार्थीहरु पनि पढन आउने गरेको सुनाए । यस बिधालयमा गुणस्तरीय पढाइ हुन थालेपछि बारा जिल्लाको रुपौलिया,टेढा,भटिनिया, विर्ता र बतरा समेतका बिधार्थीहरु यहाँ पढन आउने गरेको प्रअ कहारको भनाइ छ । प्रअ कहारले भने,यो बिधालयमा सौचालयको समस्या,खानेपानी,बेन्च लगायतका समस्यहरु छन् । यसको व्यवस्थान गर्नुुपर्ने चुनौती छ । यसको सामाधानको लागि स्थानिय सरकार सँग समन्वय गरेर बढने बताए । यस बिधालयमा शिक्षकको अभावको पनि सामना गर्नु परिहेको सुनाए । शिक्षक अभावमा एउटै कक्षाकोठामा दुुइ कक्षाका बिधार्थीहरु लाइ राखेर पढाउनुु पर्ने बाध्यता रहेको सुनाए । बिधार्थी अनुपातमा शिक्षक नरहेको सुनाए । यसप्रति सरकार ध्यानदिनुपर्ने धारणा राखे । आधारभूत मेवा फतुवा बिजयपुर शिक्षाको क्षेत्रमा मजबूत बिधालय बनोस् भन्ने आफनो चाहना रहेको उनले बताए । आफूलाइ अभिभावकहरुको साथ सहयोग सधैं रहिरहनेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0