<

काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।

पिच बारे आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ ।

आइसीसीले भनेको छ- ‘भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिन पछि आइसीसीले भनेको छ- ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामीले सबैले चाहेजस्तो भएको छैन । विश्व-स्तरीय टिमले भारत- आयरल्याण्डको खेल समाप्त भएदेखि नै परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि उत्कृष्ट सम्भव पिच बनाउन कडा मेहनत गरिरहेका छन् ।’

यसै पीचमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अलआउट गरेको थियो । यी खेलका नतिजापछि क्रिकेट विज्ञहरुले यस मैदानका बीच टी-२० खेलका लागि उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन् ।

यसै मैदानमा आगामी आइतबार भारत र पाकिस्तानबीचको खेलसहित समुह चरणका ६ खेल हुदै छन् ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0