<

रौतहट, २२ जेठ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले चुरे क्षेत्रको अबैध दोहनले गर्दा तराई मधेशमा खानेपानीको हाहाकार मचेकोे छ । अनाधिकृत रुपमा चुरे क्षेत्रमा दोहन गराएर प्रकृति सम्पदा संग खेलवाड गराईरहेका सरकारमा सहभागी भएका दलका नेताहरुले क्षणिक स्वार्थमा लिप्त भएका कारण तराई मधेशका जिल्लाहरुमा खानेपानीको चरम संकट उत्पन्न भएको बताए । मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले चुरे क्षेत्रको वन फडानी भएको, जंगली जनावर समेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताए । स्थानीय जनप्रतिनिधि, सांसदहरु नै चुरे दोहनमा संलग्न रहेको र यस्तो प्रवृतिको संरक्षण प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूबाट भइराखेको उनले आरोप लगाए । कुनै न कुनै ढंगले प्रमुख पार्टीका प्रमुख नेताहरू यसमा संलग्न छन् । किनभने टिकट दिने, उम्मेदवार बनाउने काम नेताहरूले छानीछानी गरेका छन् । म सोध्न चाहन्छु– त्यसबाट तपाईंहरूलाई कति हिस्सा आउँछ ?’ साहले प्रश्न गरे । चुरे क्षेत्रमा भईरहेको अबैध दोहनबाट उत्पन्न भएका असहज परिस्थितिलाई नियन्त्रण गर्ने हेतु संसदीय छानविन समिति गठन गर्नुपर्ने नितान्त आवश्यक रहेको अध्यक्ष साहले माग गरे । तराइ टप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0