<

राैतहट,२१ गते जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) वकिल प्रसाद पालले चर्चामा आउन नयाँ स्टन्ट गरेका छन् । एक महिना पुरानो मितिको पत्र कार्यबाहक नगर प्रमुखको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगाएका छन् । हाकिम पालले गत बैसाख २० गते नगरपालिकाको लेटर प्याडमा कार्यवाहक नगर प्रमुख तथा वडा नम्बर १ देखि ११ सम्मका सबै वडाध्यक्षको नाममा उपभोक्ता समिति गठन गरी सम्झौता तथा कार्यादेशको लागि पठाइदिन हुन भनी पत्राचार गरेको पत्र एक महिनापछि कावा नगर प्रमुखको सामाजिक संजालमार्फत सार्वजनिक गराएका हुन् । एकपछि अर्को मौखिक शर्त राखेर बजेटमा मनोमानी गर्न थालेपछि वडाध्यक्षहरुले नगरको बजेट चलाउन नसक्ने भनी आश मारेपछि हाकिम पाल आफू चोखो बन्न आफ्नै नाममा कावा नगर प्रमुखदेखि वडाध्यक्षसम्मको नाममा लेखेको पत्र सार्वजनिक गरेका हुन् । एक महिना पहिले नै तयार पारिएको पत्र एक महिनापछि सार्वजनिक गर्दा पनि वडाध्यक्षहरुमा कुनै उत्साह देखिएको छैन । वडाध्यक्षहरुले नकारात्मक टिप्पणी नै गरेका छन् । वडा नम्बर ९ का वडाध्यक्ष राकेश यादवले एक महिना पहिलेको पत्र एक महिनापछि सार्वजनिक गरेपछि आक्राेशित हुँदै सामाजिक संजालमै बाँदरको हातमा नरिवल भन्दै बुद्धि भ्रष्ट भएपछि यस्तो हुने प्रतिक्रिया दिएका छन् । स्थानीयवासीले पनि कावा नगर प्रमुख र हाकिमप्रति नकारात्मक टिप्पणी गरेका छन् । राम प्रवेश यादव हाकिमको शैलीप्रति व्यंग्य गर्दै लेख्छन् – असारदेखि कार्य आदेश गर्दा राम्रो हुन्थ्यो ताकि हतारमा काम गर्दा आउँदो बजेटमा पनि मर्मत सम्भारमा राख्दा कमाइ राम्रो हुन्थ्यो । यसै गरी सुनिल यादव लेख्छन् – कमिसन बाँडफाँड मिल्यो, असाढपछि काम गर्दा धेरै पैसा बच्थ्यो । स्थानीय बुद्धिजीवी विष्णु श्रेष्ठ लेख्छन् – वाह असारे बजेट । अब उपभोक्ता समिति बनाउँदा एक जना अख्तियार कर्मचारी पनि सदस्य होस् । नगरको सबै काम लथालिंग बनाउनमा प्रमुख प्रशासकीय अधिकृत पालले प्रमुख भूमिका खेलेका छन् । वडाध्यक्षहरुसित समन्वय गर्न असक्षम पालले कमिसनको लागि आफूखुसी बजेट चलाउने रणनीति अपनाएपछि सबै वडाध्यक्षहरु बिच्किएका हुन् । हाकिम पालले कावा नगर प्रमुखलाई पनि सम्बोधन गर्दै उपभोक्ता समिति गठन गरी नियमानुसार पेश गर्न पत्रमै निर्देशन दिएपछि हाकिमको थप आलोचना भएको छ । हाकिम पालले वडाध्यक्षहरुलाई प्रति वडा चालिस लाख रुपैयाको विभिन्न योजनामा उपभोक्ता समिति बनाएर बजेट लैजान लबिङ गरिरहेका भए पनि निजले ठुलो रकम कमिसन खोज्ने गरेको कारण कोही पनि वडाध्यक्ष जानलाई तयार नदेखिएको स्रोतको दाबी छ ।Open photo नगर पालिकामाथि नेपाल विद्युत प्राधिकरणको करोडौँ बक्यौता रहेकोले कुनै वडाध्यक्षले बजेट नलगे फ्रिज हुन दिनुभन्दा रकम जति नेविप्रालाई दिने तयारी गरिएको पनि स्रोतको दाबी छ । कावा नगर प्रमुख अम्बेया खातुनका श्रीमा शेख सेराजले हाकिम पालले सबैलाई बजेट लैजान भनिरहेको तर कोही मानि नरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0