Upendra Yadav
<

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो ।

 

यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।

 

गत १० वैशाखमा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादव दलको नेतामा चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0