<

राैतहट,१९ गते जेठ । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीकाे उपशाखा गठन गरिएको छ । नेराेसाे राैतहट शाखा बाट आएको निर्वाचन मण्डलले निर्विरोध रूपमा चयन गराएका हुन् । नेराेसाे रौतहट शाखाका सभापति राजकिशोर यादवको प्रमुख आतिथ्यतामा उपशाखा गठन कार्यक्रम गरिएको हाे । गठन गरिएको शाखाकाे सभापतिमा कन्हैया प्र.यादव,महिला उप सभापतिमा मोहापती देवी,सचिवमा दिलिप कु.साह सोनार,काेषाध्यक्षमा रन्धिर कु.यादव चयन भएका छन् । यस्तै उपसचिवमा जितेन्द्र राउत जयसवार,उप काेषाध्यक्षमा श्याम सुन्दर यादव,महिला सदस्यमा मन्जु देवि रहेकी छिन् । त्यसैगरी सदस्यहरूमा अनिल कु. यादव,अवधेश कु. यादव,पप्पु प्र. यादव,धर्मेन्द्र यादव चयन भएका छन् । फतुवा बिजयपुर उपशाखाका लागि चयनित पदाधिकारीहरुलाइ प्रमाणपत्र वितरण गरिएको स्थानीय सुधिर यादवले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0