<

राैतहट,१६ गते जेठ । राैतहटमा श्रोत नखुलेको रकम सहित सप्तरीका एकजना पक्राउ परेका छन् । जिल्लाकाे गाैर नगरपालिका वडा नम्बर २ बाट सप्तरीको राजविराज वडा नम्बर ९ मा बस्ने २२ वर्षिय शिवशक्ती यादव पक्राउ परेका हुन् । Open photoसाईकलमा आउँदै गरेका यादवलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नगद २ लाख सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकिङ टोलीले हरकुलस साईकल चलाएर आउँदै गरेका यादव सँग आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र साईकल सहित उनलाई पक्राउ गरेको हाे ।Open photo साईकल सहित पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0