<

सिरहा,१० गते जेठ । सिरहामा प्रहरीले लागुऔषध  सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट ठाडीतर्फ आउदै गरेको पैदल यात्री जिल्ला सिरहा, लहान नगरपालिका वडा नं.५ पुरानो बकरी बजार बस्ने अं वर्ष २२ मो. सलमानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडी चौक स्थित प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले विशेष सूचनाको आधारमा भारतबाट ठाडीतर्फ आउदै गरेको पैदल यात्री मो. लाई लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । उनलाई चेकजाँचका क्रममा डाइजोपाम २५ एम्पुल ,पेनारगन २३ एम्पुल ,ब्यूप्रिनाेपाईन २५ एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले बताए । पक्राउ परेका लाई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0