<
राैतहट,जेठ १० गते
भर्खरै सरुवा भएर ईलाका प्रहरी कार्यालय विजयपुर आएका प्रहरी निरीक्षक इन्द्रमनी अधिकारी र स्थानीय जन प्रतिनिधी बीच परिचयात्मक तथा भेटघाट भएको छ । भेटघाटमा बोल्दै प्रहरी निरीक्षक अधिकारीले नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएको बताए । यस क्षेत्रमा अपराधिक गतिविधि रोक्न स्वयम् नागरिक नै सहजक हुनेपर्ने भनाइ राखे । जुवातास, लागूऔषध, चोरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न आफुले पहल गर्ने बताए । आम जनता पार्टीका स्थाई कमिटी सदस्य एवम मेयर प्रत्यासी विजय यादव निर्विज, आम मुस्लिम मोर्चाका केन्द्रीय महा सचिउ शेख मोबिन, आईटी आर्मीका नगर ईन्चार्ज रामशरण यादव,वडा अध्यक्ष संजय यादव, पप्पु यादव, शेख एजाज, रामईश्वर यादव, नेता अरविन्द यादव, सहिन्द्र साह,कुमार चौलागाई, ज्ञानेन्द्र यादव, साबिर आलम, रामाकान्त पासवान, ब्रहृमानरायन यादव, नगरका सक्रिय जन प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । भेटघाटमा जन प्रतिनिधीहरुले यस ईलाकाको पछिल्लो वस्तुस्थिति, सुरक्षास्थिति र प्रहरी तथा ट्राफिक प्रहरी, र विद्यार्थी,युवा युवती गजाबाट कसरी सुरक्षितबाट बच्ने समस्याबारे गुनासो राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1