<

सिरहा, ९ जेठ। सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरुले अबैधरुपमा  गर्ने गरेको उत्खनन्ले स्थानियहरु आजित भैइसकेका छन्। गाँउ बस्ती नै डुवानमा पर्नेगरी विना दर्ताकै ग्राभेल माफियाहरुले गरेको अवैध उत्खन्न्ले स्थानियहरु आजित भएका हुन्।

आज विहान बवैध रुपमा ग्राभेल उत्खन्न् गरिरहेको अवस्थामा प्रहरीले नगरहा  गाउँ पालिका ३ खोरियाबाट दुईवटा टिपर र एकथान स्काभेटर नियन्त्रणमा लिएको छ।

स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफार र नम्वर नखुलेको स्काभेर नियन्त्रणमा लिएको हो।

स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिफर र स्काभेर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गोलबजारको प्रहरी निरीक्षक दशरथ अधिकारीले जनाएको छ।नियन्त्रणमा लिएको टिफर र स्काभेटर गाउँ पालिकाको जिम्मामा लगाउने कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

नरहा ३ को दर्जनौं स्थानबाट अबैधरुपमा उत्खनन् भईरहेपनि स्थानीय प्रहरी र जनप्रतिनिधीको मौनताले उनीहरुको संलग्नता स्पस्ट देखिएको स्थानीयहरु बताउँछन्। कुनै खानी दर्ता नभएपनि यहाँका पहुँचबाला व्यसायीहरुले प्रशासन र जनप्रतिनिधीलाई प्रभावका पारेर ग्राभेल निकाल्ने गरेको स्थानीय एक शिक्षकले जानकारी दिए।

उनका अनुसार दिनभरी मिर्चैया प्रहरीको डिउटी बसेकै क्षेत्रबाट ग्राभेल लानेगरेपनि प्रहरी देखेको नदेखेझैं गरेकाले प्रहरीको नीयत त्यसै उदाङ्गो भएको देखिन्छ।

उनले भने, ‘पालिकाकै अगाडीबाट दिनहुँ दर्जनौ टिफर जान्छ, वडा अध्यक्षलाई हामीले पटक पटक भन्दा पनि वास्ता गर्दैन, प्रहरीलाई भन्दा पनि सुन्दैन, आज बल्ला सशस्त्रले गाडी समायो। यो अबैध धन्दा रोकिनु पर्छ।’

ती शिक्षकले पक्राउ परेका टिफरहरु पनि निश्चित राजस्व बुझाएर छोड्नु नहुने बताउँदै भने, ‘यो चोर पुसको खेल जस्तो भयो, महिना दिन चलाउँछ। स्थानीयको धेरै विरोध हुन थालेपछि पकडेर देखाएजस्तो गर्छ। यो देखावा सकियो। अव उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।’

नरहा गाउँ पालिकामा आजसम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सवै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको छ। न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0