<

राैतहट,२६ गते वैशाख । आम जनता पार्टी (आजपा)ले बुधवार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलन अन्तर्गत गर्दै बुधवार भन्सार विभाग घेराउ गरेको हो ।No description available. प्रभु साह नेतृत्वको आजपाको भ्रातृ संगठन आम सम्पर्क मञ्चले गत बैसाख १२ गते भन्सार विभागमार्फत सरकारलाई बुझाएको सचेतनापत्रमा घोषित कार्यक्रमअनुसार भन्सार विभाग घेराउ गरेको हो । भन्सार कानुनमा रहेको प्रावधानले डिउटीमै रहेका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारी मिलेर ४५ प्रतिशत राजस्व लिँदै आएको आजपाको आरोप छ । यही प्रावधानलाई आजपाले लुटकारी प्रावधान र राजस्वमारा कानुनी प्रावधान भन्दै आएको छ । कानुन हटाउँदा निकै ठुलो परिमाणमा राजस्वमा वृद्धि हुने आजपाको ठहर छ । चौथो चरणको छैठो दिनको कार्यक्रममा आजपा तथा मञ्चका कार्यकर्ताहरुले भन्सार विभाग घेराउ गरेका थिए । गत ६ महिनादेखि संघर्ष गरिरहेको आजपाको कुरा सरकारले सुनिरहेको छैन । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित साँसद प्रभु साहले संसदमा पनि आवाज उठाउँदै आएका छन् । Open photoआजपाले राजस्वमारा कानुन हटाउँदा देशको समृद्धिमा योगदान पुग्ने तर्क दिँदै आएको छ । भदौ महिनामा ज्ञापनपत्र बुझाएर शुरू गरिएको चरणबद्ध आन्दोलनमा नियमावली जलाऊने, भन्सार नाकाहरुमा प्रदर्शन गर्ने र काठमाण्डूमा मोटरसाइकल र्याली निकालने जस्ता कार्यक्रमहरु आज सम्पन्न गरेको छ ।Open photo आजको भन्सार बिभाग घेराऊ कार्यक्रमको समापन गर्दै संघर्ष समितिको संयोजक रन्जु कुमारी साहले भन्नु भयो, “यदि सरकार बहिरो झै कानमा तेल हालेर यसरी बसी राख्यो भने भोली देखि आन्दोलन सशक्त हुनेछ र यसको जवाबदेही सरकार स्वंम हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0