<

काठमाडौँ । काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।

महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ ।

महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र  र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0