<

काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कांग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ ।

कांग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रबार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिष्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।

गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यसपटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय गरिन् । सोनिया गान्धी अहिले राज्यसभाकी सांसद बनेकी छन् ।

राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि उनी यस सिटबाट लगातार सांसद चुनिए । तर २०१९ मा भाजपाकी स्मृति इरानीले यस सिटमा राहुल गान्धीलाई हराएकी थिइन् ।

तर, २०१९ लोकसभा चुनावमा राहुल गान्धीले केरलाको वायनाड सिटबाट पनि चुनाव लडे र त्यहाँबाट जितेर संसदमा पुगेका थिए । यसपटक पनि राहुल गान्धी वायनाडबाट चुनाव लडिरहेका छन् । यो सिटमा मतदान भइसकेको छ ।

त्यस्तै १९९९ पछि यो पहिलो पटक हो कि गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट चुनाव लडेका छैनन् । सन् १९९९ मा सोनिया गान्धीले अमेठी सिटबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेली सिटबाट चुनाव जितिन् । यस वर्ष राहुल गान्धी अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए ।

२०१९ बाहेक, कांग्रेसले 19७७  र १९८८  मा पनि अमेठी सिटमा हारेको छ, जब यस सीटमा उम्मेदवार गान्धी परिवारबाट थिएनन् । अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ। फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित भएका थिए । इन्दिरा गान्धी १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुगेकी थिइन् । इन्दिरा गान्धीले सन् १९७१ मा रायबरेली सिट जितिन् । तर, सन् १९७७ मा आपतकालपछि उनले यो सिट गुमाएकी थिइन् । सन् १९८० मा इन्दिरा गान्धीले रायबरेलीबाट फेरि चुनाव जितिन् । तर यी चुनावमा उनले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जितिन् ।

गान्धी परिवारको राजनीतिक सुरुवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसदमा पुगेका थिए । सञ्जय गान्धीको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसदमा पुगेका थिए । उनी आफ्नो मृत्युसम्म यही सिटबाट सांसद निर्वाचित भए । तर, १९९१ देखि १९९९ सम्म गान्धी परिवारका कुनै पनि सदस्यले यस सिटमा उम्मेदवारी दिएनन् ।

यस पटक कांग्रेसले अमेठीबाट गान्धी परिवारका नजिकका मानिने किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ । उनले भाजपाकी स्मृति इरानीको सामना गर्ने छन् । त्यस्तै कांग्रेसकी प्रियंका गान्धी भने उम्मेदवार नबन्ने भएकी छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0