<

काठमाडौं , १७ बैशाख । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार वैशाख १७ गते बस्दैछ । यस कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गरिसकेको छ । तसर्थ, चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0