<

 

काठमाडाैं, ३ जेठ ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित नाैजना पक्राउ परेका छन् ।  सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका-५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित सोही उपमहानगरपालिका-१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयशपुर र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकाे कन्काई नगरपालिका-४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकै कन्काई नगरपालिका-४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका-१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

मोरङकाे उर्लाबारी नगरपालिका-४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १-०२-०५० प-५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

रूकुम(पूर्व)काे पुथाउत्तरगंगा गाउँपालिका-५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागुऔषध अफिम १ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।

 

महोत्तरीकाे गौशाला नगरपालिका-१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागुऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0