<

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।

जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ् भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ विषयक सम्वाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस सम्बादमा पारिजातलाई चिनेका र संगत गरेका व्यक्तित्वलाई बोलाएर उहाँको स्मृतिमा पारिजात कस्ती हुनुहुन्थ्यो, अनुभव सुनाउन लगाइन्छ । सम्वादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0