<

 

रौतहट , जेठ १ गते ।

रौतहटको अधिकांश पालिकामा जनप्रतिनिधिबीचको विवादका कारण विकास निर्माणको काम प्रभावित भएपनि गरुडा नगरपालिकामा विकास निर्माणका कार्य गति लिएको छ । जिल्लाका अधिकांश पालिकामा यतिखेर जनप्रतिनिधिहरु अर्थात मेयर, उपमेयर र वडा अध्यक्षहरुबीच बजेट भागबण्डामा सहमति हुन नसक्दा विकास निर्माणका कामहरु अगाडि बढ्न सकिरहेका छैनन तर गरुडा नगरपालिकाका नगर प्रमुख (मेयर) कन्थमनी प्रसाद जयसवालले सबै पक्षलाई समेटेर नगरमा विकास निर्माणका कामलाई निकै जोरसोरले अगाडि बढाएका छन् ।

मेयर जयसवालले गरुडा नगरपालिका वडा नं. १ जयनगर, वडा नं. ६ पोठियाही लगाएतका विभिन्न वडामा यतिखेर सडक ढलान कार्यलाई तिव्रता दिएका छन् । नगरपालिकाको १२ लाख रुपैँयाको लागतमा वडा नं. १ जयनगरमा १४ सय १४ फिट चौडाइ, १ सय २८ मिटर लम्बाई तथा ८ ईन्च मोटाई ढलान हुने उक्त सडक ढलान कार्यको सोमवार आयोजित एक कार्यक्रमकाबीच मेयर जयसवालले शिलान्यास गर्दै शुभारम्भ गरेका हुन ।

मेयर जयसवालले वडा नं ६ पोठियाहीमा समेत २ सय २ मिटर लामो पक्की सडक ढलान कार्य शुरु गरेका हुन् । नगरस्तरीय विकास कोषबाट १५ लाख रुपैंयाको लागतमा पोठियाहीमा तन्की साह कानुको घरदेखि विरेन्द्र साह कानुको खेतसम्म १२ फिट चौडाई र ८ इन्च मोटाई सडक ढलान कार्य भइरहेको नगर प्रमुख जयसवालले बताए ।

वर्षौदेखी पक्की सडक नहुँदा खासगरी वर्षाको समयमा हिलोको कारण स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिनाई हुँदै आएकोले आफुले स्थानीहरुको आवतजावतमा कुनै समस्या नहोस भन्ने उद्देश्यका साथ सडक ढलान कार्यलाई तिव्र गतिमा अगाडि बढाएको उनले बताए ।सडक ढलान भएपछि आम नागरिकलाई हिड्डुल गर्न तथा आवतजावत गर्न सहज हुने उनले बताए । पक्की सड्क ढलानले गाउँको वर्षौदेखिको समस्या समाधान हुने भन्दै स्थानीय निकै हर्षित हुँदै मेयर जयसवाललाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0