<

प्रेमचन्द्र झा,जेष्ठ ०१ गते रौतहट ।
धार्मिक अगुवा सरोकारवाला र अपाङ्गता भएका व्यक्ति विच सम्वाद भएकोछ ।
जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादवको प्रमुख उपस्थितिमा आपाङ्गता भएका व्यक्तिसंग संवाद भएको हो ।

अन्तर धार्मिक सञ्जालका अध्यक्ष अनिसु रहमानको अध्यक्षतामा भएको समवादमा जनकी घिमिरे साह ,रिता कुमारी ,दिपक श्रेष्ठ सहितले हिन्दु ,मुस्लिम र ईसाई धर्मका मानिसले मिलेर बस्न सबैले सिक्नु पर्छ प्रतिवद्वता गरेका छन ।

उमेर पुगेपछि बिना दाइजो (विना ढेउआ के )विवाह गर्ने रामलाल पासवान ,ओम प्रकाश पासवान सहितकालाई सम्मान गरिएको थियो ।कार्यक्रममा वल्ड भिजन र चिरन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0