<

 

रौतहट,बैशाख ३१ गते ।

नेपाली कांग्रेसका रौतहट जिल्ला सदस्य एवं युवा नेता धिरज कुमार मिश्रले पुराना राजनीतिक दलहरुबाट जनता आजित भई अब उनिहरुको विकल्प खोज्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगाएत पुराना दलहरुका नेता जनताप्रति उत्तरदायी नभएको र ठुलठुला भ्रष्टाचार काण्डमा लिप्त रहेको भन्ने कुरा बाहिर आउन थालेकोले आम नागरिकको यी पुराना दलहरुमाथी विश्वास उठ्न लाग्दा उनिहरुको भविश्य समेत समाप्त हुन लागेको युवा नेता मिश्रले बताएका हुन ।

रौतहटको वृन्दावन नगरपालिका–१ विश्रामपुरमा घर भएका नेता मिश्रले आइतवार आफनै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै देशमा अहिले बढ्दो आर्थिक संकट, बेरोजगारी, महंगी, भ्रष्टाचार लगाएतको बारेमा चासो लिनुको साथै चिन्ता व्यक्त गरेका छन् ।

आफनो राजनीतिक पृष्ठभूमि कांग्रेसबाट भएपनि कांग्रेसका ठुलाठुला नेताहरु अहिले भुटानी शरनार्थी काण्डमा मुछिएका कारण नेता मिश्रले कांग्रेस सहित सबै पुराना दल र ति दलका नेताहरुको खुलेर विरोध गरेका छन् ।

पुराना दलका नेताहरु पटक पटक सत्तामा पुगेपनि उनिहरु भ्रष्टाचार गर्नु बाहेक देश र जनताको लागि केही गर्न नसकेको भन्दै उनले पुराना दलका नेताहरुमाथी निकै आक्रोस पोखेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगाएत पुराना दलहरुका नेताहरु देश बनाउने र विकास गर्ने नाममा भ्रष्टाचार गरी अकुत सम्पती आर्जन गरेर उनिहरु आफै मालामाल भएको र जनता कंगाल भएको नेता मिश्रले बताए ।

राजनीति भनेको सेवा हो तर यहाँ ति दलका नेताहरु राजनीतिलाई ब्यापार बनाइदिएका कारण पुरानो पार्टीहरुबाट आम नागरिकको भरोसा र विश्वास उठिसकेको उनले बताए ।

देश बनाउन हिडेका ती दलका नेताहरु भ्रष्टाचार गरी देशलाई बर्बाद गरेको आरोप लगाउँदै उनले नेताको जिवनस्तरमा धेरै परिवर्तन भएपनि जनताको जिवनस्तरमा केही परिवर्तन नभएको टिप्पण्ी गरे । नेताहरुले गरेको विभिन्न काण्ड र भ्रष्टाचारको कारण देशमा विकास हुन नसकेको र देश अहिले दिनप्रतिदिन आर्थिक संकटतर्फ धकेलिँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेताहरु देश र जनताको लागि काम नगरी चरम भ्रष्टाचारमा लिप्त हुँदा देशमा अहिले महंगी, बेरोजगारी, गरिवि, अशिक्षा इत्यादि बढ्नुका साथै देश ठुलो आर्थिक संकटमा फसेको उनले बताए ।

देश बनाउने नाममा अकुत सम्पत्ती आर्जन गरी जनतालाई आर्थिक संकटमा धकेल्ने, समस्यामा पार्ने पुराना दलका नेताहरुको विकल्प अब खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पुराना दलका नेताहरुबाट देशको विकास हुन नसक्ने भन्दै नेता मिश्रले अब नयाँ युवा पुस्ताले मात्र देशलाई विकसित र समृद्ध बनाउन सक्ने दावी गरे ।

पुराना दलका नेताहरुलाई राजनीतिबाट विदाई गर्न उनिहरुको विकल्पमा नयाँ युवा पुस्तालाई राजनीतिमा आउन उनले आग्रह गरे । पुराना दलका नेताहरुबाट निराश भएका आम जनताहरु अब उनिहरुको विकल्पको रुपमा नयाँ युवा पुस्तालाई रोज्न थालेको समेत उनले बताए ।

हालै सम्पन्न भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई पराजित गराउँदै आम नागरिकहरु चितवन र तनहुँबाट रवि लामिछाने र स्वर्णीम वाग्लेलाई बहुमत सहित जिताएर परिवर्तनको शुरुवात गरिसकेको उनले बताए ।

पुराना दलबाट आम जनता निराश भएकै कारण देशमा अहिले केही नयाँ दलको जन्म भएको र ति नयाँ दलले मात्र देशलाई निकास दिन सक्ने भन्दै जनता ति दलमाथी विश्वस्त रहेको उनले बताए ।

पुराना दलका नेताहरु तह नलागेसम्म देशमा परिवर्तनको कल्पना गर्न मुस्किल रहेकोले अब आउँदो निर्वाचनमा राजनीतिमा आउने नयाँ युवा पुस्तालाई मात्र सहयोग गर्न र पुराना दलका नेताहरुलाई मत नहाली राजनीतिबाट विदाई गर्न उनले सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0