<

राैतहट,१९ गते चैत । 

रौतहटको राष्ट्रिय बनमा लागेको आगोको कारण लाखौ मूल्य बरावर काठ जलेर नस्ट भएको छ । सोमबार दिउँसो १ बजे देखि डिभिजन बन कार्यालय क्षेत्रमा घाटगद्दी गरी राखिएको ५० चट्टा भन्दा बढ़ी काठ जलेर नस्ट भएको छ ।

दिन भरी चलेको तेज हावाको कारण लागेको आगो नियन्त्रणमा लिन समस्या भएको डिभिजन बन कार्यालय रौतहटका सुचना अधिकारी बन अधिकृत विमल ठाकुरले बताएका छन ।

गैड़ाटार सब डिभिजन क्षेत्र बाट कटान गरी विक्रीको लागि राखिएको सालको काठमा आगो लागेको छ । आगो नियन्त्रणको लागि गौर नगरपालिका , चन्द्रपुर नगरपालिका ,सर्लाहीको हरिवन नगरपालिका ,बाराको निजगढ र कोल्बीबाट बारुण यन्त्र प्रयोग गरिए पनि आगो पूर्ण रुपमा नियन्त्रण हुन नसकेको ठाकुरले बताए ।

विधुत प्रसारण लाइन मुनि परेको रुखहरु काटेर करीव ४ बर्ष पहिला पूर्व पच्छिम राजमार्ग छेउमाँ  घाटगद्दी गरेर राखिएको कुकाठको चट्टामाँ लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र बन सुरक्षाकर्मी  प्रयासरत रहेका छन ।

सुख्खा मौषम शुरू भएकोले बनमा डढेलो लाग्ने जोखिम उच्च रहेको देखिदा पनि बन कार्यालयले सर्तकता अपनाउनमा ध्यानकेंद्रित गर्न सकेका छैन । प्रत्येक बर्ष आगलगीको घटना हुने गरेको छ । २९ हजार ४ सय हेक्टरमा रहेको बन क्षेत्रमा डढेलो रोक्नको लागि ९ जना मात्र अग्नि नियंत्रक नियुक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0