<

काठमाडौँ ।

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२५ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0