<

काठमाडौं, ९ चैत ।

सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

 

बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला छापावाला सुन १ लाख २७ हजार ८०० र तेजाबी सुन प्रतितोला १  लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ ले घटेर १ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0