<

मुम्बई, ७ चैत ।

अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

 

जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। हाल अजयले आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ ।

 

अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए । जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो।  ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

 

गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ ।

 

सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ ।

 

वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये  ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । याे सूचीमा  ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो । जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ । यो फिल्मले ४६=७८ करोडको व्यापार गरेको छ ।

 

‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ। ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0