<

मुम्बइ, १८ फागुन ।

रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन ।

 

रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ नि कलाकारहरु आफ्नो स्टाइलका कारण मानिसको मनमा राज गर्छन् । उनको सादगी जीवनका कारण पनि मानिसहरूले उनलाई आफ्‍ना देवता भनी पुजा गर्छन्।

 

यसैबीच अभिनेताको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई हेरेर फ्यानले उनको निकै तारिफ गरिरहेका छन् । फिल्मी सेलिब्रेटीहरू बिजनेश क्लासमा यात्रा गर्ने प्रायः देखिन्छ तर रजनीकान्तको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी इकोनोमी क्लासको फ्लाइटमा सर्वसाधारणको बीचमा यात्रा गरिरहेका देखिन्छन् ।

 

भिडियोमा अभिनेतालाई विमानको विन्डो सिटमा आरामसँग बसेको र त्यहाँ उपस्थित व्यक्तिले उनको भिडियो र तस्विर खिचिरहेको देख्न सकिन्छ । तर, आफ्नो सादगीले मानिसको मन जितेको यो पहिलो पटक भने होइन ।

 

यो भिडियो अघि अभिनेताका केही तस्बिर भाइरल भएका थिए, जसमा उनी काँधमा झोला झुण्डाएर एयरपोर्टबाट निस्किएको देखिएका थिए । यति ठूला सुपरस्टार भए पनि झोला आफै बोकेर हिडिरहेका थिए । उनको स्टाइल देखेर मानिसहरु निकै खुसी भए ।

 

अभिनेता छिट्टै अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्दै देखिनेछन् । दुबै ३३ वर्षपछि फिल्म  ‘थलाइवर १७०’ मा सँगै देखिदैछन् । रजनीकान्तले एक पोस्ट सेयर गरेर खुशी व्यक्त गरेका थिए । फोटो सेयर गर्दै उनले लेखेका छन्,  ‘३३ वर्षपछि म मेरा गुरु अमिताभ बच्चनसँग आउँदैछु । चलचित्र केटीजे ज्ञानवेलको निर्देशनमा बन्न लागेको हो । नाम थलाइवर १७० हो। यसैमा म उनीसँग फेरि काम गर्दैछु । म खुशीले पागल भएको छु ।’न्युज कारखाना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0