<

काठमाडौँ, २६ माघ ।

श्रीलंकाका ब्याट्सम्यान पथुम निसान्काले एकदिवसीय क्रिकेटमा २०१ रन बनाएर कीर्तिमानी ब्याटिंग गरेका छन् ।

शुक्रबार अफगानिस्तानविरुद्धको खेलमा प्रथुमले अविजित २१० रन बनाउदै श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।

पथुम एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो श्रीलंकाली ब्याट्सम्यान बनेका छन् । यस अघि श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सनथ जयसूर्याले सन् २००० मा भारतविरुद्ध १८९ रन बनाएका थिए ।

त्यसै गरि पथुम एकदिवसीय क्रिकेटको एक इनिंगमा सर्बाधिक रन बनाउने खेलाडीमा छैटौं स्थानमा रहेका छन् । उनी भन्दा अगाडी पाकिस्तानका फखर जमानले २१० रन बनाएका छन् भने वेस्टइण्डिजका क्रिस गेलले २१५, भारतका विरेन्द्र सहवागले २१९, न्यूजील्याण्डका मार्टिन गप्टिलले २३७ र भारतका रोहित शर्माले २६४ रन बनाएका छन् ।

यस खेलमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रन बनाएको छ । श्रीलंकाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सर्बाधिक चौथो ठुलो टोटल हो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0