<

काठमाडौँ, २४ माघ ।

जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।

 

ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् ।

 

बुमराहले ईङल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका थिए । उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए ।

 

उनी दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बने । अब बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरियतामा शीर्ष स्थानमा पुगेका छन् । बुमराहले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो ।

 

बुमराह हाल एकदिवसीय बलर वरियतामा छैटौं र टी- २० बलरको बरियतामा १००औँ स्थानमा छन् ।  ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0