<

सिरहा, १४ माघ।

सिरहाको धनगढीबाट प्रहरीले  अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले धनगढीमाई नगरपालिका ५ स्थित सडकबाट नगरपालिकाकै वडा नम्वर १३ भोर्लेनीका ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई  गाँजा र नगदसहित पक्राउ गरेको जनाएको छ।  प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0