<

काठमाडौं, ११ माघ । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्।

मतपरिणामअनुसार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएका हुन्।

ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरूको ३८१९ मतभार पाएका छन्। महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएका हुन्।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0