<

 

काठमाडौं  पुष ५,     

: वीरगन्ज युनाइटेडले काठमाडौं रेजर्सलाई सनसनीपूर्ण जित निकालेको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा बीरगंजले काठमाडौंलाई ४-१ ले हराएको हो।

वीरगन्जका लागि विलियम ओपोकुले ह्याट्रिक गरे। उनले ४५, ५५ र ५७ मिनेटमा गोल गरेका थिए। त्यस्तै वीरगन्जका लागि सुनिल खड्काले ४६ मिनेटमा गोल गरेका थिए। खेलमा काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा अग्रता लिए पनि अन्त्यमा पराजित हुन पुग्यो।

यससँगै काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कस्टकर बनेको छ। प्लेअफका लागि काठमाडौंले बाँकी एक खेल जित्नैपर्ने भएको छ भने शीर्थ चारभित्र रहेका टोलीहरूको नतीजामा भर पर्ने भएको छ।

विजयी भएसँगै वीरगञ्जले ७ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने काठमाडौं ९ अंक सहित पाँचौं स्थानमा यथावत  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0