<

पुष ०५ गते

मौलापुर नगरपालिकाले विपन्न परिवारलाई निशुल्क विद्युत उपलब्ध गराएको छ। ‘फ्री बिजुली, फ्री पानी’कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण विद्युत महशुल नगरपालिकाले भुक्तानी गरेको हो।

मेयर रीना कुमारी साहले यस आर्थिक वर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक विद्युत प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् । मेयर साहको पहलमा करिब चार वर्ष अघिदेखि सुरू भएको यो कार्यक्रमले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0