<

 

काठमाडौं, २० वैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो ।


उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0