<

 

काठमाडौँ मंसिर २०,   

–  कोका–कोला बेभरेज नेपालले आफ्नो मोबाइल एप कोक बडी सार्वजनिक गरेको छ। काठमाडाैँमा बुधबार एक कार्यक्रम आयाेजना गरी आफ्नो वितरणलाई प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थित सुदृढ गर्ने उद्देश्यले कोक बडी एप  सार्वजनिक गरिएकाे कम्पनीले जनाएकाे छ।

यस एपबाट कुनै पनि स्थानबाट डिस्ट्रब्युटरमार्फत कोकाकोलाका पेय पदार्थ अर्डर गर्न सहज हुने बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ योगीले जानकारी दिए।

उनले भने,  ‘अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उधोगको लागि ३६५ दिन नै २४ घण्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एउटा ठूलो परिवर्तन हो। जसले गर्दा हाम्रा ग्राहकलाई अझ राम्रो सेवा मिल्नेछ।’

नेपालभरका २ सय ५६ वितरक र १ लाख ५६ हजार आउअटलेटलाई जोड्दै यो एपले कोकाकोलाका उत्पादन वितरण गरिने शैलीलाई डिजिटल रुपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0