<
  • मङ्सिर २०/

नेपाल र चीनको युवा खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलसमक्ष राखेका छन् । सदस्यसचिव घिसिङ र राजदूतावासका काउन्सिल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको थियो । यसै भेटवार्ताकै क्रममा घिसिङले मैत्रीपूर्ण फुटबल आयोजनाको प्रस्ताव राखेको राखेपले जनाएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको छ । नेपालको यू– २१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायिक फुटबल क्लबसँगै फुटबल टिमको यू– २१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।

चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै, टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ । सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0